प्रभास भारतकै महँगा अभिनेता

भारत। चलचित्र ‘बाहुबली’बाट निकै चर्चा कमाएका दक्षिण भारतीय अभिनेता प्रभास समकालिन अवस्थाका लोकप्रिय कलाकार हुन्। यससँगै उनले आफ्नो पारिश्रमिकमा पनि वृद्धि गरेका छन्। अहिले उनी भारतमा मात्र नभएर संसारभरि परिचित छन्। उनी चलचित्रहरू क्रमश 'राधे श्याम’, ‘सालार’, ‘आदिपुरुष’, ‘प्रोजेक्ट के’ र ‘स्प्रिट’मा देखिदैछन्। खबरका अनुसार उनले सन्दीप रेड्डी वांगाको चलचित्र ‘स्प्रिट’का लागि  १ सय ५० करोड भारतीय रुपैंयाँ पारिश्रमिक बुझेका छन्। त्यसैगरि उनले चलचित्र ‘आदिपुरुष’का लागि पनि उति नै पारिश्रमिक लिएका छन्। बलिउडमा प्रभासपछी महँगो पारिश्रमिक लिने अभिनेता सलमान खान हुन्। उनले केहि चलचित्रका लागि १०० करोड आसपासको पारिश्रमिक लिएको खुलेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×