राजस्थानसँग पराजित हुँदै आरसीबी बाहिरियो

काठमाडौं । इण्डियन प्रिमियिर लिग (आईपीएल) को एलिमिनेटर खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंग्लुरु (आरसीबी)लाई ४ विकेटले पराजित गरेको छ । योसँगै राजस्थानले क्वालिफायर २ का लागि स्थान पक्का गर्न सफल हुँदा बेंग्लुरु भने प्रतियोगिताबाट बाहिर भएको छ ।

सञ्जु सामसनको कप्तानीमा रहेको राजस्थानले क्वालीफायर २ मा सनराइजर्स हैदरावादसँग खेल्ने छ । खेलमा विजयी हुने टिमले उपाधिका लागि कोलकाता नाइट राइडर्ससँग खेल्ने छ । बुधबार राति नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा आरसीबीले १ सय ७२ रन बनाएको थियो । विराट कोहलीले ३३ रन बनाए भने अन्तिम ओभरमा महिपाल लोमरले १७ बलमा ३२ रन बनाएर बैंगलोरलाई यो स्कोरमा पुर्‍याए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×