काठमाडौं । अर्थ मन्त्रालयले ४५ अर्ब ५२ करोड ५९ लाख राजस्व छुट दिएको छ । मन्त्रालयले राजस्वको विभिन्न शिर्षकमा कर छुट दिएको हो ।
मन्त्रालयको तथ्यांक अनुसार भन्सार महसुलतर्फ ६ महिनामै ३५ अर्ब ६६ करोड २८ लाख कर छुट दिएको छ । चालु वर्ष २०८०÷०८१ को ६ महिनामा ६ खर्ब २१ अर्ब ६८ करोड ३० लाख मूल्यको आयातमा सो बराबरको छुट दिएको हो । चालु वर्षको अन्यमा यस्तो छुटको आकार थप बढ्नेछ ।