नेपालगञ्ज म्याराथनमा आर्मीको वर्चश्व, हाफ म्याराथन सन्तोषीले जितिन्

नेपालगञ्ज - आठौं नेपालगञ्ज म्याराथनमा आर्मीका खेलाडीहरूल वर्चश्व कायम गरेकोका छन्। म्याराथनको उपाधि आर्मीका खडकबहादुर खड्काले जितेका छन्। उनले २ घण्टा २० मिनेट २८ सेकेण्डमा दूरी पार गर्दै उपाधि जितेका हुन्।

आर्मीकै नरेन्द्र सिंह रावत र मोहनदेव जोशी क्रमश: दोस्रो र तेस्रो भएका छन्। रावतले २ घण्टा २२ मिनेट २९ सेकेण्ड र जोशीले २ घण्टा २४ मिनेट ३६ सेकेण्डमा दूरी पार गरेका हुन्। हाफ म्याराथनतर्फ बागमती प्रदेशकी  सन्तोषी श्रेष्ठ प्रथम भएकी छिन्। उनले १ घण्टा १६ मिनेट ३६ सेकेण्डमा दूरी पार गरिन्।

भारतको देहरादुनकी अन्जली चौहान दोस्रो भइन् भने बागमतीकै अन्जु खड्का तेस्रो भइन्। चौहानले १ घण्टा २५ मिनेट १५ सेकेण्डमा दूरी पार गर्दा खड्का ले १ घण्टा ३६ मिनेट ४५ सेकेण्ड लगाइन्। १० किलोमिटर पुरुषमा त्रिभुवन आर्मी क्लबकै मुकेश पाल र महिलातर्फ नेपाल प्रहरीकी राजपूरा पछाइले उपाधि जितिन्।

यसपटक आयोजकले प्रतियोगिताको पुरस्कार राशि बढाएको थियो। जसअनुसार म्याराथनको विजेताले १ लाख ५० हजार,  उपविजेताले ६० हजार, तेस्रो हुनेले ३० हजार र चौथो हुनेले १५ हजार रुपैयाँ पुरस्कार पाए भने पाँचौंदेखि आठौंस्थानमा आउनेले क्रमसः १०, ८, ७ र ६ हजार रुपैयाँ पुरस्कार पाएका छन्।

महिला हाफ म्याराथनतर्फ विजेताले ६० हजार, उपविजेताले ३० हजार, तेस्रो हुनेले १५ हजार र चौथो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाएका छन्। पाँचौंदेखि आठौं स्थानसम्म आउनेले क्रमसः ८ हजार, ७ हजार, ६ हजार र ५ हजार रुपैयाँ पुरस्कार पाएका छन्।

पुरुष १० किमी खुलातर्फ विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पाउनेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×