विकास र समृद्धिका लागि गठबन्धनको विकल्प छैनः मन्त्री कार्की

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनले नै राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा देशलाई अग्रसर बनाउने बताएका छन्। मंगलबार नेपाल प्रेस युनियनसम्वद्ध पत्रकारहरुसँगको छलफलमा मन्त्री कार्कीले गठबन्धन कायम रहनेमा शंका नगर्न आग्रह पनि गरे। 

मन्त्री कार्कीले निर्वाचन निर्धारित समयमा सम्पन्न हुने उल्लेख गर्दै  यो गठबन्धनले संविधानको, लोकतन्त्रको रक्षा गर्दै जनताको विकास र समृद्धिको चाहनालाई चाँडो भन्दा चाँडो व्यवहारमा कार्यान्वयन गरेर देखाउने बताए।

मन्त्री कार्कीले गठबन्धन भित्र आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि न्यायोचित, सम्मानजनक र सबैले मैले जितेको छु भन्ने भावमा सिट बाँडफाँट कार्य सम्पन्न हुने स्पष्ट पारे।

सो अवसरमा नेपाल प्रेस युनियनसम्वद्ध पत्रकारहरुले नेपाल मिडिया काउन्सिल विधेयक र समसामयिक विषयमा मन्त्री कार्कीको ध्यानाकर्षण गराएका थिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×