नेप्से दोहोरो अंकले ओरालो, कारोबार खुम्चिँदै पाँच अर्बमै सीमित

बुधबार सेयर बजारमा गिरावट देखिएको छ। नेप्से परिसूचक दोहोरो अंकले घट्दै १३.३५ अंकले ओरालो लागेर २६३५.९४ विन्दुमा बन्द भएको हो।

नेप्से घटेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा खुम्चिएको छ। मंगलबार सात अर्ब १२ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार पाँच अर्ब १७ करोड रुपैयाँमै सेयर कारोबार सीमित भयो।

यसदिन ३२३ वटा धितोपत्रको एक करोड ६ लाख ३३ हजार ७१७ कित्ता सेयर किनबेच भएको छ। कारोबारमा आएका कम्पनीमध्ये ६२ कम्पनीको सेयरमूल्य बढ्दा १८७ कम्पनीको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रह्यो।

बुधबार नारायणी विकास बैंकको सेयरमूल्य सर्वाधिक ६.०८ प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ३९५ रुपैयाँ पुगेको छ। त्यसैगरी, फर्स्ट माइक्रोफाइनान्सको सेयरमूल्य ३.३५ प्रतिशतले वृद्धि भई प्रतिकित्ता ८१५ रुपैयाँमा कारोबार भएको छ।

यता, एसवाई प्यानलको सेयरमूल्य सर्वाधिक ८.४५ प्रतिशतले घट्दै प्रतिकित्ता एक हजार १९० रुपैयाँ १० पैसामा झरेको छ। सोही कम्पनीको बुधबार सबैभन्दा बढी कारोबार भएको छ, जसअन्तर्गत २६ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो।

सर्वाधिक कारोबार हुने दोस्रो स्थानमा श्रीनगर एग्रिटेक रहेको छ। उक्त कम्पनीको ९७० रुपैयाँ १० पैसामा २३ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

समूहगत परिसूचकतर्फ हेर्दा, कारोबारमा आएका १३ समूहमध्ये वित्त र व्यापार समूह घटेका छन् भने बाँकी समूह बढेका छन्। यद्यपि, होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.४२ प्रतिशतले घटेको छ।

सेयर बजारमा दोहोरो अंकको गिरावट र घट्दो कारोबारले लगानीकर्ताको मनोबल कमजोर बनेको संकेत देखिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×