काठमाडौं । सत्ता साझेदार नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटलाई शतप्रतिशत कार्यान्वयन गर्न लाग्नुपर्ने बताएका छन् ।
आज (मंगलबार) प्रतिनिधि सभाले आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेसँगै प्रमुख सचेतक बर्तौलाले सरकार बजेटलाई शतप्रतिशत कार्यान्वयन गर्न लाग्ने बताएका हुन् । उनले बजेटलाई शत प्रतिशत कार्यान्वनय गर्न सरकारले आफ्नो सामर्थ्य देखाउनुपर्ने बताए । आएका सुझावहलाई अब आर्थिक वर्ष ०८२/०८३ को बजेट निर्माणका बेलामा समेटेर अगाडि बढ्ने उनको भनाइ छ ।
उनले भने, ‘यस पटक जुन बजेट पारित भएको छ, यसलाई शतप्रतिशत कार्यान्वयन गर्नका लागि यो सरकार लाग्छ। हामी लाग्छौं । अबको चुनौती भनेको बजेट कार्यान्वयनको हो । बजेट शतप्रतिशत कार्यान्वयन गर्ने तहमा सरकारले आफ्नो सामर्थ्य देखाउनु पर्छ । अहिले आएका सुझावहरुलाई अब ०८२/०८३ को बजेट निर्माणको बेलामा यसलाई समेटेर अगाडि बढ्छौं ।’