फिल्म ‘वर एण्ड बधु’को पहिलो चरणको छायाङ्कन सकियो

काठमाडौँ - मिलन चाम्सको निर्देशन रहेको फिल्म ‘वर एण्ड बधु’को पहिलो सेड्युलको छायाङ्कन सकिएको छ। पहिलो सेड्युल अन्तर्गतको रोमानियाको सुटिङ २४ दिनमा सकिएको निर्देशक चाम्सले फेसबुकमार्फत जानकारी दिएका छन्।

१ महिनाअघि फिल्म ‘वर एण्ड बधु’ टिम सुटिङको लागि रोमानिया गएको थियो। फिल्मको बाँकी छायाङ्कन नेपाललगायत अन्य ठाउँमा गरिने बताइएको छ। साथै, चाम्सले फिल्मको छायाङ्कनको तस्विरहरू सेयर गरेका छन्।

फोटोमा फिल्ममा मुख्य कलाकार आँचल शर्मा र विकेक कर्माचार्य देखिएका छन्।

एल आर के इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मबाट विवेक डेब्यू गर्दैछन्। फिल्ममा आँचल र विवेकसँगै विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, किरण केसी, बुद्धि तामाङ, हिमेश पन्त, रविना केसी, सृष्टि खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहने छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×