बर्दगोरियाको अध्यक्षमा एमालेका कुँवर र उपाध्यक्षमा माओवादी विजयी

कैलाली - कैलालीको बर्दगोरिया गाउँपालिकामा  नेकपा (एमाले)का कर्णबहादुर कुँवर विजयी भएका छन् । कुँवरले गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेदवार बनेका नेपाली कांग्रेसका शेरबहादुर कठरियालाई पराजित गर्दै विजयी भएका हुन् । कुँवरले पाँच हजार ८४२ मत प्राप्त गरेका छन्  भने उनका निकटतम प्रतिद्वन्दी कठरियाले चार हजार १८६ मत ल्याएका छन् । 
 
त्यस्तै उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का गणेश राज गिरी निर्वाचित भएका छन् । गिरीले एमालेकी इन्दु कठरियालाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएका हुन् । गिरीले चार हजार ५६९ मत प्राप्त गरेको छ भने उनका निकटतम प्रतिद्वन्दी इन्दुले चार हजार २५५ मत ल्याएकी छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×