काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट एकैदिन ४० अर्ब रुपैंयाँ तानेको छ । साउन नौं गते बुधबार अपरान्ह तीन बजेसम्ममा बाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुमा बोलकबोलको माध्यमद्धारा निक्षेप उपकरण बिक्री गरेर राष्ट्र बैंकले उक्त रकम तानेको हो।
राष्ट्र बैंकका अनुसार परिपक्व हुुने अवधि २१ दिन तोकिएको उक्त उपकरणको सावाँ व्याज भुक्तानी मिती साउन ३० गते तोकिएको छ । बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीले खरिद गर्न सक्ने गरी उक्त परिमाणमा निक्षेप उपकरण बिक्री गर्न लागिएको हो।
खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गरेका छन् । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने छ।