पूर्वअर्थमन्त्री महत: नयाँ स्टक एक्सचेन्जको प्रक्रिया मेरो कारणले होइन प्रधानमन्त्रीको कारणले रोकिएको हो

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया प्रधानमन्त्री पुष्पकमल दाहालले रोकेको आरोप लगाएका छन् ।

सरकारबाट बाहिरिएपछि पत्रकार सम्मेलन गर्दै उनले तत्कालीन समयमा नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स रोक्न आफ्नो भूमिका नरहेको स्पष्टीकरण दिए । महतले सबै काम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भनेअनुसार नै भएको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले रोक्न भनेपछि प्रक्रिया रोकियो । त्यसपछि सर्वोच्च अदालतले निकास दियो । पछि संसदको अर्थ समितिले पनि प्रक्रिया अघि बढाउनु भन्यो । त्यसपछि सेबोनले हामीलाई के गर्ने भनेर पत्र लेख्यो । त्यो अर्थ मन्त्रालयले रोकेकै थिएन । त्यसले गर्दा हामीले सो पत्र मन्त्रिपरिषद्मा पठाएका हौं ।’

‘सेबोनबाट आएको चिठीसँगै हामीले अध्ययन गरिसकेका छौं । खोल्ने वा नखोल्ने के हो, सरकारले नै गरोस् भनेको हो । त्यसपछि अर्थलाई नै अध्ययन समिति बनाउनु भनेर अर्थबाट प्रस्ताव ल्याउनुप¥यो भनेर पत्र आयो । हामीले त्यही खालको कमिटी बनायौं । त्यसले अध्ययन गरिरहेको होला ।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×