काठमाडौँ - टेक्नोलोजी ब्रान्ड भिभोले नेपालमा आफ्नो फ्ल्यागशिप भी सिरिज अन्तर्गत नयाँ स्मार्टफोन भी२९ फाइभजी सार्वजनिक गरेको छ । कम्पनीले काठमाडौंको द मल्ल होटलमा एक कार्यक्रमको आयोजना गरि नयाँ स्मार्टफोन भव्यताको साथ लन्च गरेको हो ।
भी सिरिजको निरन्तर आविष्कार, आधुनिक डिजाइन र अत्याधुनिक क्यामेरा कार्यक्षमतालाई दर्साउँदै भी२९ फाइभजी हाल नेपालमा उपलब्ध भएको छ । भी२९ फाइभजीको सबैभन्दा उत्कृष्ट विशेषतामध्ये १२०हर्ज थ्री डी कर्भ स्क्रिन एक आकर्षक विशेषता हो, जसले स्मार्टफोन बजारमा स्लिम स्मार्टफोनको नयाँ मापदण्ड कायम गरेको छ । यो स्मार्टफोनमा औरा लाइट पोट्र्रेट, ५० एमपी अटोफोकस ग्रुप सेल्फी लगायतका विशेषताहरु समावेश छन्। भिभो नेपालका जनरल म्यानेजर माइकलले भिभो सदैव अनुसन्धान र नवीनतालाई प्राथमिकतामा राखेर ग्राहकहरुलाई आकर्षक विशेषताका स्मार्टफोन प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।
नयाँ स्मार्टफोन सार्वजनिकसँगै भिभोले चाडपर्वको समयलाई अझ विशेष बनाउँन आफ्ना ग्राहकहरुका लागि अक्टोबर ५ देखि नोभेम्बर २१ सम्म आकर्षक दशैं अफर ल्याएको छ ।भिभोले ‘आयो दशैं, लाग्यो तिहार, भिभो किन्दा बुलेट उपहार’ अफर ल्याएको हो । उक्त अफर अन्तर्गत एक जना भाग्यशाली विजेताले नयाँ भिभो भी२९ फाइभजी जित्न सक्नेछन् भने ग्राण्ड पुरस्कार अन्तर्गत एक जना विजेताले रोयल इनफिल्ड बाइक जित्ने मौका पाउनेछन् । यसको साथै, भिभोले तीन भाग्यशाली विजेताहरूका लागि बाई–वान–गेट–वन अफर पनि ल्याएको छ ।
यस अफर अन्र्तगत एक हजार ग्राहकहरुले ब्लुटुथ स्पिकर, ५ हजार ग्राहकहरुले भिभोको स्टाइलिश ब्याग, ८ हजार ग्राहकहरुले भिभोको बोतल तथा १५ हजार ग्राहकहरुले रिचार्ज कार्ड प्राप्त गर्न सक्नेछन् । यो अफरमा सहभागी हुन ग्राहकहरुले हरेक भिभो फोनको खरिदमा भिभो दशैँ डट कममा रजिष्टर्ड गरी आकर्षक पुरस्कारहरु प्राप्त गर्न सक्नेछन् । भिभो भी२९ फाइभजी डिजाइन, क्यामेरा क्षमताहरू र कार्यसम्पादनको उत्कृष्ट संयोजन भएको एक प्रभावशाली स्मार्टफोन हो । यो स्मार्टफोन दुई आकर्षक रंग –पीक ब्लू र नोबेल ब्ल्याकमा उपलब्ध रहेको छ। यसको पीक ब्लू भेरियन्टमा थ्रीडी म्याग्नेटिक पार्टिकल र नोबेल ब्ल्याक भेरियन्टमा फ्लोराइट एजी ग्लास जस्ता नवीन प्रविधिहरू प्रयोग भएको छ।
यसमा ५०एमपी एचडी अटोफोकस क्यामेरा, ५०एमपी ओआईएस अल्ट्रा–सेन्सिङ क्यामेरा, ८एमपी अल्ट्रा वाइड–एंगल क्यामेरा र २एमपी मोनोक्रोम क्यामेरा रहेको छ। यसमा भएको स्मार्ट औरा लाइट पोट्र्रेट विशेषताले गर्दा कम प्रकाशमा पनि उत्कृष्ट फोटोहरु खिच्न सकिन्छ । भिभो भी२९ फाइभजीमा क्वालकम स्न्यापड्रेगन ७७८जी प्रोसेसर रहेको छ। यसमा ८० वाट फ्ल्यासचार्ज रहेको छ भने ४६०० हर्ज ब्याट्री छ । यसमा भएको सुपर चार्ज पम्प टेक्नोलोजीले डाउनटाइम घटाउँदै चार्जिङ दक्षता बढाउँछ । भी२९ फाइभजीमा अत्याधुनिक हार्डवेयरको संयोजनले एक प्रभावकारी स्मार्टफोन अनुभव प्रदान गर्दछ ।यो स्मार्टफोन देशभर आकर्षक मूल्यमा ५९ हजार ९९९ रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।