काठमाडौँ - वेष्टह्यामसँग २-२ को बराबरी खेलेपछि लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगको उपाधिका लागि अन्तिम खेल नै कुर्नुपर्ने भएको छ।जारोड बोवेनले दुई गोल गर्दै वेष्टह्यामलाई पहिलो हाफमै दुई गोलको अग्रता दिलाएका थिए। तर सिटीले पुनरागमन गरेकाे थियाे।
सिटीका लागि ज्याक ग्रेलिसले एक गोल गरे भने वेष्टह्यामका भ्लादिमिर काउफालले आत्मघाती गोल उपहार दिएका थिए। रियाद माहारेनले ८६ औं मिनेटमा प्राप्त प्नाल्टीमा गोल गर्न नसक्दा सिटी जितबाट बन्चित भएकाे थियाे।
एक खेल बाँकी रहँदा सिटीले ९० अंक जोड्दै दोस्रो स्थानको लिभरपुलमाथि ४ अंकको अग्रता बनाएको छ। तर, लिभरपुलले दुई खेल खेल्न बाँकी छ।सिटीले अब आफ्नो अन्तिम खेल जितेमा उपाधि जित्ने। यदि लिभरपुल अब हुने खेलमा साउथह्याम्पटनसँग पराजित भएमा सिटीले अन्तिम खेल अघि उपाधि जित्नेछ।