प्रधानमन्त्री कप: बाग्मती र मधेस तथा सुदूरपश्चिम र कर्णाली प्रदेश खेल्दै

काठमाडौँ - प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आज बाग्मती र मधेस प्रदेश तथा सुदूरपश्चिम र कर्णाली प्रदेश खेल्दैछन्। बाग्मती र मधेस प्रदेशको खेल कीर्तिपुर मैदानमा हुने छ भने सुदूरपश्चिम र कर्णालीको खेल मूलपानी मैदानमा हुनेछ।

दुवै खेल बिहान साढे ९ बजेबाट सुरु हुनेछ। समूह 'ए' मा रहेको कर्णाली र सुदूरपश्चिम आज पहिलो जितको खोजीमा हुनेछन्। अहिलेसम्म खेलेको ३ खेलमा तीनैमा हार व्यहोरेको सुदूरपश्चिम समूहको पुछारमा रहेको छ भने दुवै खेलमा दुवै हारेको कर्णाली पुछारभन्दा माथि।

यस्तै, समूह 'बी' मा रहेको मधेस प्रदेश आज तेस्रो जितको खोजीमा हुनेछ। २ खेलमा दुवै जितेको मधेस प्रदेश समूहको दोस्रो स्थानमा रहेको छ। बाग्मतीले अहिलेसम्म ३ खेल खेलेकोमा कुनै पनि जित्न सकेको छैन। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×