काठमाडौँ - भारत र वेस्ट इन्डिजबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ। खेल बेलुका सवा ७ बजेबाट वेस्ट इन्डिजको पोर्ट अफ स्पेनमा सुरु हुनेछ।
३ खेलको एकदिवसीय श्रृङ्खलामा भारतले १-० को अग्रता बनाएको छ। पहिलो खेलमा वेस्ट इन्डिज ३ रनले पराजित भएको थियो।
श्रृङ्खला जोगाउन वेस्ट इन्डिजलाई आजको खेल जित्नुपर्ने दबाब रहेको छ। तेस्रो तथा अन्तिम एकदिवसीय खेल बुधवार हुनेछ।
यो श्रृङ्खलामा भारतको कप्तानी शिखर धवनले गरेका छन्। भारतका रोहित शर्मा, विराट कोहली, ऋषव पन्त, हार्दिक पाण्ड्या, मोहम्मद शामी र जसप्रित बुम्राहलाई आराम दिइएको छ।
वेष्ट इन्डिजको भ्रमणअघि इङ्ल्यान्डसँग खेलेको भारतले टी-२० र एकदिवसीय श्रृङ्खला जितेको थियो।