गठबन्धन दलबीचको निर्वाचनबाट कोभासेभास्की भए नयाँ प्रधानमन्त्री

काठमाडौँ । उत्तर मासेडोनियामा नयाँ प्रधानमन्त्रीको निर्वाचन भएको छ। 

ससंद बैठकमा आइतबार भएको मतदानबाट दिमितर कोभासेभास्की प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। दलहरुको नयाँ गठबन्धन बनेपछि गबवन्धन अन्तर्गतको दल सोसल डेमोक्रेटिक युनियन अफ मासेडोनियाका नेता भएकाले उनले बहुमत प्राप्त भएको हो। उनलाई संसदमा भएका कुल १२० सांसद मध्ये गठबन्धन अन्तर्गतका दलहरुका ६२ सांसदले मतदान गरेका थिए। उनका विरुद्धमा ४६ सांसदले मतदान गरेका थिए। नेता कोभासेभास्कीलाई गत डिसेम्बर ३० मा राष्ट्रपति स्टेभो पेन्डारोभास्कीले बहुमत जुटाउने जिम्मेवारीसहित प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। 

राष्ट्रपतिको चुनौतीअनुसार बहुमत जुटाएसँगै अब मन्त्रीपरिषद् गठन गर्ने कार्यक्रम रहेको छ। उनले अर्थतन्त्रमा सुधार गरी स्थिरता कायम गर्ने आफ्नो सरकारको मुख्य योजना रहेको बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×