काठमाडौँ - स्पेनिस ला लिगाले बार्सिलोनामा यही सिजन अनुबन्ध भएका नयाँ खेलाडी दर्ता गर्न अस्वीकार गरेको छ। ला लिगाले बार्सिलोनामा आबद्ध पाँच नयाँ खेलाडी दर्ता गर्न अस्वीकार गरेको हो।
फाइनान्सियल फेयर प्लेको कडाईको कारण बार्सिलोनाले ५ खेलाडी दर्ता गर्न असफल भएको हो। गम्भीर आर्थिक समस्याका बाबजुत पनि बार्सिलोनाले रोबर्ट लेवान्डोस्की, राफिन्हा, जुल्स कुन्डे, फ्रान्क केस्सी र एन्ड्रियस क्रिस्टेनसेन अनुबन्ध गरेको थियो।
आर्थिक समस्या हुँदासमेत खेलाडी अनुबन्धमा आक्रामक देखिएपछि ला लिगाले बार्सिलोनामाथि अनुसन्धान गर्ने भएको छ।