दयाहाङ राईलाई ‘हयाट्रिक’को मौका

काठमाडौँ - वर्ष २०७९ को दोस्रो अर्धवार्षिक फिल्म रिलिजको श्रृंखला भोलि (शुक्रबार)देखि थालनी हुँदैछ। अघिल्लो ६ महिनामा ४ वटा फिल्म मात्र व्यावसायिक रुपमा सफल भएका थिए।

वर्षको बाँकी ६ महिनामा पनि केही फिल्म व्यावसायिक सफल हुने प्रक्षेपण गरिएको छ। जसमध्ये दीपेन्द्र के खनाल निर्देशित ‘के घर के डेरा’ एक हो, जसलार्ई लिएर दर्शकमाझ प्रतीक्षा छ।

काठमाडौंमा घर बनाउने मध्यमवर्गीय सपनाको कथावस्तुमा बनेको फिल्मसँग केही अपेक्षा पनि छन्। किनभने यो फिल्मसँग घरेलु फिल्मका ठूला नामहरु जोडिएका छन्, जसको उपस्थितिले पनि बक्स अफिसमा पैसा छाप्न सक्छ। फिल्मसँग ‘पशुपतिप्रसाद’ फेम्ड निर्देशक खनाल, ‘कबड्डी’ फेम्ड दयाहाङ राई र अभिनेता विपिन कार्कीको ब्राण्ड छ। तर यो ब्राण्डले के फिल्मले शुक्रबार उच्च ओपनिङ गर्न सक्ला?

हलमा दयाहाङको ‘दुई नम्बरी’ले आक्रामक कमाइ गरिरहँदा उनकै अर्को फिल्म ‘के घर के डेरा’ लाग्दैछ। वर्ष २०७९ मा दयाहाङकै ‘कबड्डी ४’ सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो। यसर्थ, उनका लागि ‘के घर के डेरा’ ह्याट्रिकको अवसर पनि हो।

‘पशुपतिप्रसाद’पछि दीपेन्द्र र विपिनबीच सहकार्य भएको छ। ट्रेलरबाट विपिनले राम्रै प्रतिक्रिया प्राप्त गरेका छन्। उनले ‘पशुपतिप्रसाद’को भस्मे डनको छविलाई ‘के घर के डेरा’को शंखे दादाको छविले मेटाइदिने बताएका छन्।

अनौपचारिक कुराकानीमा पनि विपिनले यो फिल्मबाट आफूले ठूलै आशा लिएको बताएका छन्। क्यूएफएक्ससहित मल्टिप्लेक्सले राम्रो संख्यामा शो दिएका छन्। नेपाली फिल्मका लागि यो सुखद शो हो। सामान्य अवस्थामा नेपाली फिल्मको टिकट झ्यालबाटै बिक्ने गर्छ।

यस्तोमा, के घर के डेराको ओपनिङ र कमाइ राम्रो हुनसक्ने अनुमान गरिएको छ। शुक्रबारै हलिउड फिल्म ‘ब्ल्याक एडम’ र नेपाली फिल्म ‘नालापानी’समेत प्रदर्शन हुँदैछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×