काठमाडौँ। बहुप्रतिक्षित नेपाली चलचित्र ‘चपली हाइट ३’ शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ। देशभरिका सिनेमाघरहरुमा प्रदर्शन हुन लागेको चलचित्रको बुकिङ खोलिएको छ। सबै मल्टिप्लेक्सले बुधबारबाट चलचित्रको बुकिङ खोलेका हुन्।
चलचित्रलाई देशभरका मल्टिप्लेक्सले राम्रो शो दिएका छन्। देशकै ठूलो क्यूएफएक्स चेनले यो चलचित्रलाई २६ शो दिएको छ भने बिग मुभिज, वान सिनेमाज, वीएसआर, एफक्युबले पनि चलचित्रलाई राम्रो शो दिएका छन्।
निकेश खड्काको निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी आदि कलाकारहरुको अभिनय रहेको छ। अघिल्ला दुई सिरिज बक्स अफिसमा सफल रहेको चलचित्रका निर्माता अर्जुन कुमार हुन्।