भारत। विभिन्न कारणले चर्चामा आइरहने बलिउड अभिनेत्री आलिया भट्ट अहिले आफ्नो पहिरनका कारण चर्चामा छिन्। केहि समयअघि उनी एक विज्ञापनका कारण विवादमा तानिएकी थिइन्। त्यसैगरि अहिले उनको र अभिनेता रणबिर कपूरको विवाहको खबर पनि चर्चामा रहेको छ। अभिनेत्रीले आफ्नो सामाजिक सञ्जालमा एक तस्विर पोस्ट गरेकी छिन्,जसमा उनले लगाएको ब्लाउजको विषयलाई लिएर ट्रोलरहरुले बिभिन्न ट्रोल बनाईरहेका छन्। एक सञ्जाल प्रयोगकर्ताले उनलाई उल्टो ब्लाउज पहिरिएको टिप्पणी गरेका छन्। त्यसैगरि कतिपयले अश्लीलता फैलाएको आरोप समेत लगाएका छन्।