क्याम्पस प्रमुखले मदिरा पिएर श्रीमती कुटे, ज्यान मार्ने धम्की भएको भन्दै कार्वाहीको माग सहित प्रहरीमा चारवटा उजुरी

कालीकोट- कालीकोटको तिलाकर्णाली बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मणबहादुर सिंहका बिरुद्ध जिल्ला प्रहरी कार्यालय कालीकोटमा चार वटा निवेदन परेका छन्। क्याम्पस प्रमुख सिहंले आफ्नो जिम्मेवारी मार्यादा बिर्षेर मदिरा सेवन गरि लेखापाल माथि भौतिक आक्रमण गर्नुका साथै प्राध्यापकलाई गालीवेइजेती र अभिभावकहरुलाई समेत ज्यान मार्ने धम्की भएको भन्दै कार्वाहीको माग गदै प्रहरीमा परेको हो।

क्याम्पस प्रमुख सिंहले सोमबार विहान मदिरा सेवन गरि लेखापाल पदमबहादुर विष्टमाथि हातपात गरेको पिडित लेखापाल बिष्टले बताए। खाँडाचक्र नगरपालिका वडा नं ३ का वडाध्यक्ष महाविर पाण्डेले पनि बिना कारण लेखापाल माथि आक्रमण भएपछि आफु सहितको टोली क्याक्पस गएको र आफुलाई गालीगलोज भएको बताए।

बिहानै मदिराले लठ्ठ भएका क्याम्पस प्रमुख सिंहले लेखापाल सहित अन्य प्राध्यापकहरु र स्थानीय नागरिकमाथि पनि हातपात गरेको प्रत्यक्षदर्सि वडा अध्यक्ष पाण्डेले वताए।

‘विहानै क्याम्पस प्रमुखले कोठामा बोलाउनुभयो, चेकमा हस्ताक्षर विग्रेको थियो, त्यसैले होला भन्ने सोचेर कोठामा पुगेँ। लाठीले टाउकामा हिर्काउनुभयो।’ लेखापाल विष्टले भने ‘पछि बुझ्दै जादा उहाँको पारिवारीक झगडाको रिस हामीमाथि पोख्नु भएछ।’

शनिवार राती मदिरा सेवन गरेर श्रीमतीलाई गरेर कोठावाट बाहिर निकालेका सिहंका बिरुद्ध प्रहरीमा उजुरी दिन उनकै श्रीमती आएका वेला लेखापाल बिष्टले उजुरी नदिन सल्लाह दिन जिल्ला प्रहरी कार्यालय पुगेका थिए। तर क्याम्पस प्रमुख सिहंले उजुरी दिन उक्साएको आरोप लगाएर आक्रमण गरेको प्रहरीको भनाई छ।

क्याम्पस प्रमुखवाटै घरेलु हिंसा

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपि शिद्धराज न्यौपानेले क्याम्पस प्रमुख लक्ष्मण वहादुर शिहंले घरेलु हिंसा गरेको बताए। ‘उहाँले शनिवार राती श्रीमती माथि कुटपिट गर्नु भएको रहेछ। घटना सुनेर अस्थाई प्रहरी चौकी ताडीको टोली त्यहाँ पुगेर क्याम्पस प्रमुखकी श्रीमतीलाई उद्धार गरी उहाँको छिमेकी दिदीको घरमा पुर्याएका थियौं। क्याम्पस प्रमुख सिहंले मलाई फोन गरेर प्रहरीले आफ्नो श्रीमतीलाई अपहरण गरेको आरोप लगाउनु भो।’

त्यति मात्रै हैन प्रहरीले सिंहलाई आफ्नो जिम्मेवारी के हो बुज्नुहोस भनेर सुझाव दिँदा उल्टै क्याम्पसका सबै बिद्यार्थीलाई प्रहरीका बिरुद्ध सडकमा आन्दोलन गर्न लगाउने चेतावनी दिए।

विष्टलाई मात्र होइन क्याम्पस प्रमुख सिंहले क्याम्पसमा आएका स्थानीय नागरिकमाथि पनि हातपात गरेका छन्। उनले खाडाचक्र नगरपालिका वडा नं ३ निवासी सर्पराज पाण्डेमाथि हातपात गरेको स्थानीय खगेन्द्र पाण्डेले बताए। जहिले पनि मदिरा सेवन गरेपछि क्याम्पस प्रमुखले गालिगलौज गर्दै आइरहेको पाण्डेको भनाई छ। राजधानी दैनिकबाट

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×