काठमाडौँ। भारतको रियालिटी शो 'बिग बोस ओटिटि'बाट चर्चामा आएकी उर्फी जावेद प्राय हरेक दिन जसो आफ्नो सौन्दर्यले प्रशंसकहरुलाई चकित पार्ने गर्छिन्। सामाजिक सञ्जालमा सक्रिय रहने उर्फी प्राय यस्तो कपडामा देखिने गर्छिन्, जसलाई देखेर तहल्का मच्चिने गर्छ। मान्छेहरु उनको कपडाको डिजाइन देखेर छक्क पर्ने गर्छन्।
हालै उर्फीले सञ्जालमा एक भिडियो पोस्ट गरेकी छिन्, जसलाई हेरेर सञ्जाल प्रयोगकर्ता तीनछक्क परेका छन्। भिडियोमा उनी नाचिरहेको देख्न सकिन्छ। पहिरनको कुरा गर्ने हो भने उनले निलो रंगको ब्लेजर लगाएकी छिन्। तर, कोट भने खुल्लै छोडेकी छिन्। कोट भित्र उनले रिबन मात्र लगाएकी छिन्, साथै उनले पेन्ट पनि लगाएकी छैनन्। उनको यो भिडियो हेरेर सञ्जाल प्रयोगकर्ताहरुले थरि थरिका टिप्पणी गरिरहेका छन्।
हेर्नुहोस् भिडियो