निर्वाचन आयोगले केशव स्थापितलाई माग्यो स्पष्टिकरण

काठमाडौँ - निर्वाचन आयोगले नेकपा (एमाले)बाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका केशव स्थापितलाई स्पष्टिकरण सोधेको छ।

निर्वाचन आयोगले स्थापितलाई गत बैशाख १५ गते धुम्बाराहीमा भएको एक कार्यकमा दिएको अभिव्यक्ति बारे स्पष्टिकरण मागेको हो। निर्वाचन आयोग स्रोतका अनुसार स्थापितलाई तीनदिन भित्र जवाफ दिन भनिएको छ। मागिएको स्पष्टिकरणमा 'तपाईले प्रश्न कर्ता महिलालाई ‘यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भनेर भनेको हो की होइन? उक्त भनाई आचारसंहिता विपरीत भयो कि भएन? यदी भनेको हो भने किन भनिएको?' भनि स्पष्टिकरण माग गरिएको श्रोतले जनाएको छ।

काठमाडौं महानगरको पूर्व मेयरसमेत रहेका स्थापितलाई बिगतमा पनि महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लाग्दै आएको थियो। उक्त विषयमै सोधिएको प्रश्नमा उनले बैशाख १५ गतेको सार्वजनिक कार्यक्रममा एक महिलामाथि उनी खनिएका थिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×