संसदको अवरोध हटाउन एमाले अध्यक्ष ओलीसँग संवाद गर्ने प्रधानमन्त्री देउवाको तयारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच संघीय संसदमा देखिएको गतिरोध अन्त्यका लागि संवाद हुने भएको छ ।

लामो समयसम्म सदनमा देखिएको प्रमुख विपक्षी दल एमालेको अवरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्री देउवाले ओलीसँग संवाद गर्न  लागेका हुन् ।

‘सदनमा देखिएको अवरोध हटाउन प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग छलफल गर्न तयार भएकाे  गठबन्धनकी नेतृ तथा राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले जानकारी दिइन् । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले संघीय संसदको नवौं र चालू दसैं अधिवेशनका बैठकमा नाराबाजी गर्दै अवरोध सृजना गरिरहेको छ ।

गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बिहीबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले ओलीसँग भेटेर राजनीतिक गतिरोध अन्त्यका लागि प्रयास थाल्न लागेको जानकारी नेतृ पौडेलले दिए ।

बैठकमा संयन्त्र संयोजक रामचन्द्र पौडेलले राजनीतिक गतिरोध हटाउन प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग छलफल गर्न लाग्नु भएको ब्रिफिङ गराएका थिए। प्रधानमन्त्री देउवाले बालकोटमै गएर ओलीसँग संवाद गर्ने पौडेलको भनाइ उधृत गर्दै पौडेलले बताए ।

एमाले सांसदको नाराबाजीका कारण सदन बैठक प्रभावित हुँदै आएको छ । नवौँ अधिवेशनका सबै बैठकमा नाराबाजी गरेका एमाले सांसदले चालू १०औँ अधिवेशनका बैठकमा पनि अवरोध सृजना गरिरहेका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×