एजेन्सी। इजरायलले देशको दक्षिणमा रहेको टर्की फार्ममा रोगजनक एच ५ एन १ (H5N1) एभियन इन्फ्लुएन्जाको प्रकोप देखिएको उल्लेख गरेको छ।खोरहरूमा टर्कीहरूको असामान्य मृत्यु भएको रिपोर्ट सार्वजनिक भएपछि अविग्दोर गाउँको एक फार्ममा बर्ड फ्लूका केसहरू फेला परेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयको भेटेरिनरी सेवाले सङ्क्रमित क्षेत्रमा तीव्र अनुसन्धान शुरु गरेको छ। एच ५ एन १ (H5N1) बर्ड फ्लूले अन्य जनावरहरू जस्तै बिरालो बाघ, सुँगुर र दुर्लभ अवस्थामा मानिसहरूलाई पनि संक्रमित गर्न सक्ने अनुसन्धानले देखाएको छ। मानिसमा बर्ड फ्लुको पहिलो लक्षण सामान्यतया गम्भीर श्वासप्रश्वासको रोग र ज्वरो आउँनु हो।
इजरायलमा बर्ड फ्लूको ठूलो प्रकोप २००६ मा रेकर्ड गरिएको थियो जसमा दक्षिणमा नौ व्यावसायिक रूपमा पालिएका टर्कीका खोरहरू समावेश थिए।