काठमाडौँ। दिलिप घिमिरेको शब्द तथा सि.डी विजय अधिकारिको संगीत रहेको नयाँ गीत सार्वजनिक भएको छ। 'तिम्रो याद' बोलको उक्त गीतमा बिरेन रसाइलीको आवाज रहेको छ भने देवेन्द्र नेवा:को संयोजन रहेको छ। जीवन भट्टराई, अन्जना दुवाडी र अमिषा सुवेदीको अभिनय रहेको गीतको भिडियो प्रकाश धितालको निर्देशनमा तयार भएको हो। गीतको भिडियो 'ओयसआर डिजिटल'को युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो: