क्रिकेट प्रतियोगिता आयोजनाका लागि क्यान र काठमाडौं महानरपालिकाबीच छलफल

काठमाडौँ - मेयर्स कप क्रिकेट प्रतियोगिता आयोजनाका लागि नेपाल क्रिकेट संघ (क्यान) र काठमाडौं महानगरपालिकाबीच छलफल भएको छ। क्यानका जनरल म्यानेजर वृत्तान्त खनालले आइतबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सँग भेट गरेको क्यानले जनाएको हो।   

क्यानका अनुसार भेटमा खनाल र शाहबीच महानगरमा क्रिकेट प्रवद्र्धन तथा दोस्रो संस्करणको काठमाडौं मेयर्स कप आयोजनाका प्रस्तावबारे छलफल भएको छ।   

यसअघि क्यानले काठमाडौं महानगरसँग मिलेर सन् २०२१ मा काठमाडौं मेयर्स कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको आयोजना गरेको थियो। 

क्यानले ललितपुर महानगरपालिकासँग सहकार्य गर्दै ललितपुर महिला मेयर्स कप क्रिकेट प्रतियोगिता आयोजना गर्दै आइरहेको छ। यसका दुई संस्करण पूरा भइसकेका छन्।   

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×