विश्वविजेता फ्रान्स क्रोएसियासँग पराजित

काठमाडौँ - यूईएफए नेसन्स लिग फुटबलमा विश्वविजेता फ्रान्स पराजित भएको छ। फ्रान्स गएरातिको खेलमा २०१८ को विश्वकप फुटबलमा उपविजेता बनेको क्रोएसियासँग पराजित भएको हो।

समूह चरणअन्तर्गतको खेलमा क्रोएसियाले फ्रान्सलाई १-० ले हरायो। क्रोएसियाको जितमा लुका मोड्रिकले गरेको एकमात्र गोल निर्णायक गोल बनेको थियो।

खेलको पाँचौँ मिनेटमै मोड्रिकले पेनाल्टीमार्फत गोल गरेका थिए। जितसँगै ४ खेलमा ७ अंक जोडेको क्रोएसिया लिग ए को समूह १ को दोस्रो स्थानमा रहेको छ।

४ खेलमा २ अंक मात्रै जोडेको फ्रान्स भने अंक तालिकाको पुछारमा छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×