फुटबल सङ्घको अध्यक्षमा राणा विजयी 

पाल्पा - जिल्ला फुटबल सङ्घ पाल्पाको अध्यक्षमा प्रणयविक्रम राणा विजयी भएका छन्। निर्वाचनमा उनी आफ्नो निकटतम् प्रतिद्वन्द्वी मनोहर थापालाई छ मतले पराजित गर्दै विजयी भएका हुन्।

पन्ध्र मत रहेको जिल्ला फुटबल सङ्घको उपाध्यक्षमा मनोजमान लिगल, प्रज्वल उदय, कृष्ण सारु मगरले नौ–नौ मत प्राप्त गरी विजयी भएका छन्। 

महिला सदस्यमा युकी गाहा विजयी भएकी छिन्। सदस्यमा अनिष श्रेष्ठ, दीपेन्द्र खनाल, कृष्णबहादुर बाकाबल, सुलभ कार्की, सुरज सारु, हरिबहादुर ज्ञवाली, दलबहादुर रास्कोटी, युवराज चिदी, अमृतबहादुर राना, सुजन थापा विजयी भए। सदस्य सबैले नौ–नौ मत प्राप्त गरेका छन्।

नवनिर्वाचित अध्यक्ष राणाले फुटबलको विकासका लागि काम गर्ने प्रतिवद्धता जनाउँदै खेलाडी उत्पादन, प्रतियोगिता आयोजनाका साथै खेलकुद सामग्री सङ्कलनमा जोड दिने बताए। एन्फाका केन्द्रीय सहमहासचिव प्रकाश पङ्गेनीले दुई वर्ष कोभिड–१९ ले खेलकुदका गतिविधि सुस्ताए पनि आगामी दिनमा खेल गतिविधि बढ्ने बताए। पूर्वअध्यक्ष भीमसेन कार्कीले मणिमुकुन्द कपदेखि लिएर विभिन्न प्रतियोगिता आयोजना गरेको बताए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×