छात्रामाथि यौन दुर्व्यवहारको विरोध

काठमाडौँ - मोरङको लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले सोहीे विद्यालय कक्षा ७ मा अध्ययनरत छात्रामाथि यौन दुव्र्यवहार गरेको घटनाप्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपाल केन्द्रीय कार्यसमिति घोर भत्सर्ना गरेको छ ।

महासङ्घका अध्यक्ष कृष्ण थापाले आफ्नो पेसाप्रति ख्यालै नगरी लज्जित हुने कार्य गरेकोमा निज शिक्षकमाथि शीघ्र कानुनी कारबाही गर्न मोरङ जिल्ला प्रशासन कार्यालयसँग माग गरेका छन्। सो घटनाको शीघ्र छानबिन गर्नका लागि सम्बन्धित जिल्ला शिक्षा समन्वय एकाइ, शिक्षक सङ्घ-सङ्घठन, सम्बन्धित नगरपालिकाको शिक्षा शाखा र सोही विद्यालयका विद्यालय व्यवस्थापन समिति तथा प्रधानाध्यापकसमेतको संलग्नतामा घटनाको छानबिन समिति गठन गरी कारबाही  प्रक्रिया अगाडि बढाउनसमेत आग्रह गर्दै पीडित छात्राको आवश्यक उपचार र क्षतिपूर्ति दिनसमेत माग गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×