काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको विरोध गर्दै माइतीघर मण्डलामा प्रदर्शन शुरु भएको छ। नेपाली कांग्रेस,माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ सांसदको हस्ताक्षरसहित हिजो दर्ता भएको महाअभियोग प्रस्तावको विरोध गर्दै माइतीघर मण्डलामा प्रदर्शन शुरु भएको हो।
आज दिउँसो पौने दुई बजेको समयमा स्वतन्त्र कानुन व्यवसायीहरुको आयोजनामा जबराको पक्षमा जुलुस निकालिएको हो। जुलुसमा अधिवक्ता त्रिलोकबहादुर चन्द,आकृति रायमाझी,पृथ्वीराज राईलगायत ५० जनाभन्दा बढिको सहभागिता रहेको छ। प्रधानन्यायाधीश जबरामाथि महाअभियोग नलगाउन भन्दै मण्डलामा जुलुस निस्केको हो।
महाअभियोगविरुध्द सडकमा उत्रेका उनीहरुले स्वतन्त्र न्यायपालिका कायम गर,अदालतमाथिको राजनीतिक हस्ताक्षेप बन्द गर, महाभियोगको प्रस्ताव अबिलम्व फिर्ता गर लगायतका नारा लगाएका छन्। साभार - जनआस्था