अमिताभ बच्चनले बेचे दिल्लीको घर

भारत। बलिउड अभिनेता अमिताभ बच्चनले दिल्लीमा रहेको आफ्नो पुर्ख्यौली घर बिक्री गरेका छन्। उक्त घरमा अमिताभका पिता हरिवंश राय बच्चन र आमा तेज बच्चन बस्ने गरेका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार अभिताभले २३ करोड भारतीय रुपैँयामा घर बेचेका हुन्।

सोपान नाम राखिएको उक्त घर अभ्नी बडेरले खरिद गरेका हुन्।  ४१८ स्क्वायर मिटरमा रहेको घर अमिताभले गत वर्षको ७ डिसेम्बर मा बेचेका थिए। अमिताभसँगै उनका माता–पिता मुम्बई आएका थिए। अमिताभको मुम्बईमा चारवटा घर छन्। जसमध्ये उनी परिवारसमेत जलसामा बसोबास गरिरहेका छन्। उनको दुबईमा समेत भिल्ला छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×