काठमाडौँ - भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीको चलचित्र निर्माण कम्पनी ‘धोनी एन्टरटेन्मेन्ट’ ले विभिन्न भारतीय भाषाका चलचित्र निमार्ण गर्ने भएको छ।
धोनी एन्टरटेन्मेन्टले तमिल, तेलुगु तथा मलायालम भाषाका चलचित्र निमार्ण गर्ने स्पोर्टस टाइगरले जनाएको छ। धोनी र उनी श्रीमति साक्षी दुबै धोनी एन्टरटेन्मेन्टको मालिकका रुपमा रहेका छन्।
उक्त कम्पनीले यस अघि रोअर अफ द लायन, ब्रेज टू ग्लोरी तथा द हिडेन हिन्दुजस्ता साना चलचित्रमा काम गरेको थियो। सुशान्त सिंह राजपुतको मुख्य भूमिका रहेको 'एमएस धोनी : अनटोल्ड स्टोरी' धोनीकै जीवनमा आधारित फिल्म थियो।
धोनीको कप्तानीमा भारतले एकदिवसीय तथा टी-२० विश्वकप तथा आईसीसी च्याम्पियन्स ट्रफी जितेको छ। धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएपनि उनी आईपीएलमा चेन्नइ सुपर किंग्सका लागि खेल्दै आएका छन्।