७० वर्षीया बृद्ध महिलालाई सिक्कल प्रहार गरी हत्या गर्ने पक्राउ

झापा - भद्रपुर नगरपालिका–२ डिगाउँ बस्ने ७० वर्षीया गौरीमाया तामाङको धारिलो हतियार सिक्कल प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४० वर्षीय राजेश तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राजेशले ती महिलालाई सिक्कल प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरीले उनलाई सोही ठाउँस्थित खेतमा लुकिछिपि बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×