१ क्विण्टल गाँजासहित ३ जना भारतीय पक्राउ

सुनसरी । सुनसरीमा एक क्विण्टल गाँजा सहित ३ जना भारतीय नागरिक पक्राउ परेका छन् । बर्जु गाउँपालिका ५, तीनमुहानबाट गए राती उनीहरु प्रहरीको नियन्त्रणमा परेका हुन् ।

२६ वर्षीय मिठु रायलगायत तीन जना प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । सुनसरीबाट खटिएको प्रहरी टोलीले एक सय केजी गाँजा टाउकोमा बोकेर भारत लैजाँदै गर्दा सनिबार राती फेला पारेको थियो ।

प्रहरीका अनुसार बरामद गाँजा सहित उनीहरुको बारेमा थप अनुसन्धान भइ रहेको छ ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×