नागरिक आरोग्य केन्द्र सञ्चालनमा

बैतडी - नागरिकलाई आयुर्वेद चिकित्साप्रति आकर्षित गर्न बैतडीको सुर्नया गाउँपालिका–६ कोखेतमा नागरिक आरोग्य केन्द्र सञ्चालनमा ल्याइएको छ।

आयुर्वेद पद्धतिमार्फत उपचार सेवा दिने उद्देश्यले सञ्चालन भएको उक्त आरोग्य केन्द्रबाट सर्ने र नसर्ने रोगको रोकथाम तथा निदानलगायत बारेमा सेवा सञ्चालन हुँदै आएका छन्। पञ्चकर्म विधिबाट उपचार पनि हुने र बाथलगायत रोगमा आयुर्वेद उपचार पद्धति राम्रो हुने आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीका निमित्त प्रमुख हिक्मतबहादुर चन्दले बताए।

यस्तै पायल्स, दमलगायत रोग पनि आयुर्वेद पद्धतिबाट निदान गर्न सकिने बताइएको छ। केन्द्रबाट नागरिकलाई औषधि वितरण हुने र योगका बारेमा जानकारी प्रदान गरिनेछ। सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले आयुर्वेद उपचार पद्धतिमा नागरिकको पहुँच बढाउन आरोग्य केन्द्र सञ्चालन गरिएको बताए। योससँगै तीन ठाउँमा नागरिक आरोग्य केन्द्र स्थापना भएका छन्। यसअघि पुर्चौंडी नगरपालिका र शिवनाथ गाउँपालिकामा नागरिक आरोग्य केन्द्र सञ्चालन गरिएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×