काठमाडौँ, २९ भदौ – जेनजी युवाको आन्दोलनमा मृत्यु भएका व्यक्तिहरूलाई सरकारले शहीद घोषणा गर्ने निर्णय गरेको छ। प्रत्येक मृतकको परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान गरिने निर्णय आज प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेपछि हस्ताक्षर गरी आधिकारिक भएको छ।
मुख्य सचिव एकनारायण अर्यालका अनुसार आन्दोलनमा ५९ प्रदर्शनकारी, १० कैदीबन्दी र ३ सुरक्षाकर्मी गरी जम्मा ७२ जनाको ज्यान गएको छ। यस क्रममा १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन्।