काठमाडौँ - इंग्लिस क्लब लिभरपुलले १८ वर्षीय डिफेन्डर काल्भिन रामसे अनुबन्ध गर्ने भएको छ। लिभरपुलले स्कटिस क्लब एबरडीनबाट युवा डिफेन्ड रामसेलाई अनुबन्ध गर्ने भएको हो।
राइट ब्याक रामसे अनुबन्धका लागि लिभरपुलले राखेको ४.५ मिलियन पाउण्डको प्रस्ताव स्वीकार गरेको छ। लिभरपुलले रामसेसँग पाँच वर्षको लागि सम्झौता गर्ने बताइएको छ।
रामसेले गत सिजन ३३ खेल खेलेका थिए। उनले स्कटल्याण्डको यू-२१ टोलीबाट खेलिसकेका छन्।